spot_img
spot_img
spot_img

सुन जाचँपासमा सलग्न कमर्चारीलाई निलम्बनकाे तयारी

spot_img

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ ।
भन्सार विभागले उक्त प्रकरणको छानबिनको प्रारम्भिक चरणमा सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको स्रोतले जनाएको छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।

बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img