spot_img
spot_img
spot_img

मणिपुरमा २ जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना

spot_img

एजेन्सी ।

भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो हिजो बुधवार सार्वजनिक भएको हो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् । सांसद असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले कसरी देश चलाइरहेका छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको बताउनुभएको छ । कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्केले मणिपुरमा मानवीयता मरेको भन्दै प्रधानमन्त्री मोदीले कहिल्यै माफी पाउन नसक्ने बताउनुभएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको छ । मोदीले घटनाबारे बताउँदै आफ्नो मन पीडाले भरिएको र देशकै अपमान भइरहेकोले दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको हो । विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा नबोलेकोमा प्रश्न उठाउँदै आएकामा हिंसाबारे प्रधानमन्त्री मोदीले पहिलो पटक बोल्नुभएको हो ।

महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको बताएको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरिएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले दोषीलाई कडा कारबाही हुने बताउँदै यस घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको दाबी गर्नुभएको छ । सर्वोच्च अदालतले पनि यस विषयमा सरकारको जवाफ मागेको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img