spot_img
spot_img
spot_img

स्ट्राइकर रासफोर्ड सन् २०२८ सम्म म्यान युनाइटेडमै

spot_img

एजेन्सी ।

इङ्ल्यान्डका स्ट्राइकर मार्कुस रासफोर्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता नविकरण गरेका छन् । उनले सन् २०२८ सम्मका लागि इङ्लिस प्रिमियर लिग क्लबसँग सम्झौता नविकरण गरेका हुन् । २५ वर्षीय प्रभावशाली स्ट्राइकर रासफोर्ड सन् २०१५ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीमा आबद्ध भएका हुन् । सिनियर टोलीमा उनले आफ्नो ब्यवसायीक खेल जीवनको पहिलो खेल नै यही इङ्लिस क्लबबाट खेलेका हुन् ।
त्यसअघि सन् २००५ देखि सन् २०१५ सम्म उनी म्यानचेस्टर युनाइटेडकै युवा टोलीमा आबद्ध थिए । नयाँ सम्झौता अनुसार, उनले म्यानचेस्टर युनाइटेडबाट प्रत्येक साता तीन लाख २५ हजार पाउण्ड पारिश्रमिक पाउने छन् । क्लबसँग उनको यसअघिको सम्झौता सन् २०२४ मा सकिँदै थियो । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको उनी पहिलो रोजाईका खेलाडी हुन्। गत सिजन उनले ५६ खेल खेलेर ३० गोल गरिसकेका थिए । समग्रमा उनले म्यानचेस्टर युनाइटेडका लागि तीन सय ५९ खेल खेल्दै एक सय २३ गोल गरिसकेका छन् । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । ‘म केवल सात वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएको थिएँ । त्यसैले तत्काल म यसको विकल्प खोज्न सक्दिन । यो क्लबले मलाई धेरै कुरा दिएको छ,’ रासफोर्डले भनेका छन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img