काठमाण्डौ ।
फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले कोस्टारिकालाई हराउदै जित हाँसिल गरेको छ। आज शुक्रबार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० गोलले हराएको हो । यसअघि आजै भएका खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराउँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन। आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन। फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??