spot_img
spot_img
spot_img

राहुल गान्धी मानहानि मुद्दा : सर्वोच्चले गुजरात सरकार र बीजेपी नेतालाई ‘नोटिस’ जारी गर्‍यो

spot_img

एजेन्सी ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध परेको मानहानिको फैसलाविरुद्धको पुनरावेदनमा त्यहाँको सर्वोच्च अदालतले गुजरात सरकार र भारतीय जनता पार्टी (बीजेपी) नेता पूर्णेश मोदीलाई १० दिनभित्र जवाफ दिन नोटिस जारी गरेको छ । शुक्रवार न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले त्यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुनेछ ।

गुजरात उच्च न्यायालयले आफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो । अदालतले सुरत अदालतले गरेको निर्णयलाई नै सदर गरेको थियो । मोदी उपनामलाई लिएर नेता गान्धीले गरेको टिप्पणीबाट मानहानि भएको भन्दै सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यो निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको छ ।

नेता गान्धीले सन् २०१९ को अप्रिलमा कर्नाटकको कालारमा भएको चुनावीसभामा विपक्षी दलको नेताका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै किन सबै चोरहरूको थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गर्नुभएको थियो । उहाँको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बीजेपी नेता पूर्णेश मोदीले सुरत अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img