spot_img
spot_img
spot_img

देवदह माविमा स्कुल बस, सौर्य उर्जा र पुस्तकालयको उद्घाटन

spot_img

देवदह । रुपन्देहीको देवदह – ७ मा अवस्थित देवदह माध्यमिक विद्यालयमा स्कुल बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। भारतीय दूतावास, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र देवदह नगरपालिकाको सहयोगमा विद्यालयलाई स्कुल बस सौर्य उर्जा, पुस्तकालय निर्माण तथा फिल्टर सहयोग प्राप्त भएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् रूपन्देही जिल्ला क्षेत्र नं १ का संघीय सांसद छविलाल विश्वकर्माले बस, वैकल्पिक सौर्य उर्जा, पुस्तकालय तथा फिल्टरलाई विद्यालय उद्घाटन गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यार्थीको शिक्षा आर्जनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। विद्यालयको समग्र विकासका लागि सबैको भूमिका अपरिहार्य रहने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले देवदह माविले शैक्षिक क्षेत्रमा पछिल्लो समय उल्लेखनीय फड्को मारेको बताउनुभयो ।देवदहमा सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षा र स्वास्थ्य रहेको बताउँदै उहाँले शिक्षालाई प्रमुख पाटोमा राखेको उल्लेख गर्नुभयो। विद्यालयको महत्त्वपूर्ण पक्षनै विद्यार्थी रहेको बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका निमित्त शिक्षक, व्यवस्थापन समिति तथा कर्मचारीको अहम भूमिका रहने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै देवदह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले आफू अध्यक्ष भएपछि विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना सुधारका लागि प्राथमिकता दिएर काम गरेको बताउनुभयो। विद्यार्थीलाई सहजताका लागी स्कुल बस, खानेपानी, लाइब्रेरीको व्यवस्था भएको र विद्यालयको स्तरोन्नतिका लागि डिपिआर बनाएर कार्ययोजना बनाएको अध्यक्ष खरेलको भनाई थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img