spot_img
spot_img
spot_img

इराकमा भत्काइयो ३०० वर्ष पुरानो मस्जिदको मीनार

spot_img

एजेन्सी ।

इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काएपछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन १७२७ मा बनेको ११ मिटर ९३६ फिट० अग्लो मीनारलाई शुक्रबार बिहान बुलडोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो। सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दा गर्दै पनि यो मिनार भत्काईएको जनाइएको छ । बसराका निवासी माजिद अल हुसेनीले मस्जिदको भग्नावशेषमा उभिएर भने, ‘सबैले आफ्नो सम्पदा र इतिहासको रक्षा गर्छन् र यहाँ भने हाम्रो इतिहास र सम्पदालाई नष्ट गर्छन्’ इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट भएका छन् । सम्पदा संरक्षणकर्ताहरू डराउँदै गएका छन् कि बगदादमा जारी निर्माण कार्यको हतार र देशभर सडक, पुल र अन्य पूर्वाधारहरू विस्तार गर्ने योजनाले यस्ता सम्पदाहरुलाई तिब्र रुपमा नष्ट गर्न सक्छ। तर, संस्कृति मन्त्री अहमद अल बद्रानीले रोयटर्सलाई भने कि सिराजी मस्जिदको मीनारलाई नष्ट गर्न अनुमति नदिएको र स्थानीय पुरातात्विक अधिकारीहरूले यसलाई स्थानान्तरण गर्न राज्यपालसँग सहमति जनाएका थिए। तर, सो मिनार भत्किसकेको भन्दै संस्कृति मन्त्रालयले अब त्यसको अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img