spot_img
spot_img
spot_img

खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्छ : नगर प्रमुख खरेल

spot_img

केशव पराजुली, देवदह ।

खेलले अनुशासित र मर्यादित समाज निर्माण गर्न ठुलो प्रभाव पार्ने देवदह नगर प्रमुख धु्रव प्रसाद खरेलले बताउनु भएको छ।चरङ्गे क्रिकेट क्लव देवदहले शुक्रबार देखि आयोजना गरेको देवदह चरङ्गे खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खरेलले खेल क्षेत्रमा लागेर आर्थिक उपार्जन गर्न सकिने भन्दै खेललाई ब्यावसायिक बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो। पहिलो दिनको खेलमा लुम्बिनी क्रिकेट क्लब लुम्बिनी र रुपाकोट क्रिकेट क्लब बुटवल दोस्रो चरणमा प्रवेश गरेका छन्। पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको लुम्बिनी क्रिकेट क्लबले बुटवल लिक्वेर क्लब बुटवललाई ५६ रनले पराजित गरेको तथा दोस्रो खेलमा रुपाकोट क्रिकेट क्लब बुटवलले सुनवल क्रिकेट क्लब सुनवललाई २९ रनले पराजित गरेको खेल संयोजक हेमु थापा मगरले जानकारी दिनुभयो। श्रावण ५ गते देखि संचालित प्रतियोगितामा २९ टिमको सहभागिता रहने आयोजक क्लबका सल्लाहाकार विश्वास गुरुङ्गले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले नगद २० हजार मेडल र प्रमाणपत्र, म्यान अफ द सिरीज र म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिईने आयोजक क्लबका सदस्य जिवन अर्यालले बताउनु भयो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img