चितवन।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन। नारायणगढबाट मुग्लिनका लागि छुटेको रा १८ ख २२३६ नम्बरको बस र नारायणगढ आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा ठोक्किदा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??