बुटवल ।
बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरुषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको छ । लगातार परेको बर्षाका कारण तिनाउ नदिमा भेल बढेर जोखिम बढ्दै गएकाले सतर्क रहन आग्रह गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको जानकारी दिनुभएको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??