१० साउन, काठमाडौं ।
नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ। पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताउदै किसानलाई राहत दिन समेत माग गर्नुभयो। यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत कांग्रेसले सरकारसँग माग गरेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??