कपिलवस्तु ।
मानव बेचविखन विरूद्धमा काम गर्दै आइरहेको शान्ती पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमानाबाट आर्थिक बर्ष २०७९/८० मा ७ हजार ७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको छ। संस्थाले कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ती पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसीले जानकारी दिनुभयो। क्षेत्रिय संयोजक निर्मल सुबेदीले संस्थाको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै मानव बेच विखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस जस्ता कार्य रहेको बताउनुभयो ।
शान्ती पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७ हजार ७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराएको छ। शान्ती पुनर्स्थापना गृह (PRC) ले ३५६ जना लाई उद्धार गरिएको जस्मा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठांउबाट उद्धार गरिएको जस्मा १६ जना भारतका बिभिन्न स्थानहरुका बालक बालबालिकाहरु रहेको उनिहरुरुलाई बौद्ध धर्म सम्बन्धी पढाउन भनि भारतको अणुरांचल लगिरहेको सूचना पाएर उद्धार गरिएको, ६ जना बालकबालिकालाई भारतको लखनऊ बाट, १ जना लाई भारतको गुजरात, १ जना सिमलाको मंशूरीबाट, १ जना महिलालाई भारतको गोरखपुरबाट उद्धार गरिएको पुनर्स्थापना गृह (PRC) का राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो। साथै ३ जनालाई शान्ति पुनर्स्थापना गृह ९एच्ऋ० को केन्द्रीय कार्यालयमा पुनर्स्थापनाका लागि पठाएको र २ जनालाई अन्य साझेदार संस्थाहरुमा पुनर्स्थापनाका लागि पठाइएको गृहले जानकारी गराइएको छ। कार्यक्रममा सहभागीहरुले शान्ती पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको र बेचविखनमा पर्न सक्ने सूचना पाउनसाथ भारतको विभिन्न ठांउमा पुगेर सरोकारवालासंग समान्वय गरि उद्धार गर्ने गरेको कार्य गरेको प्रति संस्थालाई धन्यवाद दिएका थिए।