spot_img
spot_img
spot_img

बुटवल उपमहानगर स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै

spot_img

बुटवल । 

बुटवल उपमहानगरपालिकाले बुटवल १३ र १७ मा १६-१६ बेडका अस्पताल बनाइरहेको छ। चालु आर्थिक वर्षभित्रमै यी दुई अस्पताल सञ्चालन गर्ने तयारी नगरको छ। यी अस्पताल सञ्चालनमा आएपछि बुटवल, पश्चिम क्षेत्रको स्वास्थ्य क्षेत्रमा अझ बलियो हुने विश्वास नगरले लिएको छ। बुटवलको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न उपमहानगरपालिकाले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्ने सम्झौता गरेको छ। गत जेठ २२ गते बुटवल उपमहानगरपालिकाका प्रमुखको नेतृत्वमा जापान गएको टोलीले आम्दा इन्टरनेशनलसँग अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने समझदारी गर्यो। समझदारी अनुसार यही वर्षमा अस्पताल स्तरोन्नतिको काम अगाडि बढ्नेछ। बुटवलको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने गरी योजना अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार स्वास्थ्यमा बुटवललाई देशकै अग्रणी बनाउनका लागि अस्पतालको स्तरोन्नति, थप अस्पताल निर्माण, सेवा सुविधा थप तथा विस्तारका कार्यक्रम ल्याएको छ।

बुटवलले जटिल रोगका बिरामीका १७ हजार रुपैयाँ उपचार खर्च दिदै आएको छ। आठ प्रकारका जटिल रोगहरू (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनेमिया) को थप उपचार व्यवस्थापनको लागि नगरले बिरामीलाई सहयोग उपलब्ध गराउँछ। नगरबासीले उपचारका क्रममा आवश्यक रगत र रगतजन्य पदार्थ लिएवापत् तिर्नुपर्ने सबै खालका शुल्कहरु नलाग्ने व्यवस्था नगरले गरेको छ। नगरले महामारी र महामारीजन्य समस्या देखा परिहाल्यो भने त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि द्रुत प्रतिकार्य टोली बनाएको छ। स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको नेतृत्वमा रहेको १३ सदस्यीय टीमले कुनैपनि महामारी र महामारीजन्य समस्या देखा परेमा तत्काल रोकथाम र नियन्त्रणका लागि खटिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img