spot_img
spot_img
spot_img

लिभरपुलका कप्तानद्वारा क्लब छाड्ने घोषणा

spot_img

लण्डन ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले क्लब छाड्ने घोषणा गरेका छन् । १२ वर्ष क्लबमा रहेका हेन्डरसन साउदी अरेबियन टोली अल–इत्तेफाकसँग आबद्ध हुने अनुमान गरिएको छ । ३३ वर्षीय मिडफिल्डर १।२ करोड पाउन्ड बराबरको करारमा साउदी प्रो लिग क्लबसँग अनुबन्ध हुने बताइएको छ । इस्टाग्राममा पोस्ट गर्दै उनले भने, ‘म सधैँ ‘रेड’ रहनेछु, मरुन्जेलसम्म पनि ।’ हेन्डरसनकै कप्तानीमा लिभरपुलले सन् २०२० मा ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो । इंग्ल्याण्डका खेलाडी लिभरपुलमा रहँदा च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप, यूईएफए सुपरकप र फिफा क्लब विश्वकपको उपाधि जितेका थिए । सन् २०११ मा उनी सन्डरल्याण्डबाट २ करोड पाउन्डमा लिभरपुलमा अनुबन्ध भएका थिए। क्लबका लागि ४९२ खेल खेल्दै उनले ३३ गोल गर्नुका साथै ५७ वटा गोलको अवसर सिर्जना गरेका थिए ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img