रुपन्देही ।
लियो क्लब अफ लर्ड बुद्धले देवदह ८ स्थित पाकडी वृक्षमा वाल पेन्टिङ गरेको छ। एसियाकै ठुलो आकलन गरिएको पाकडी वृक्ष परिसरको वालमा वातावरणको महत्व झल्काउने आकृतीको पेन्टिङ गरेको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईले देवदहको पर्यटन प्रबर्द्धनका लागि देवदहका आम नागरिक एकजुट भएर लाग्नुपर्ने बताए। पर्यटनले रोजगारीको सिर्जना सङ्गै आर्थिक स्तरोन्नति समेत हुने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले पर्यटनलाई आर्थिक समृद्धि सङ्ग जोड्नुपर्ने भनाई व्यक्त गरे।
वातावरण स्वच्छ राख्नका लागि रुख विरुवाको संरक्षण गर्नुपर्छ, वातावरण प्रदुषण गर्दा मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्छ तसर्थ वातावरण पदूषण नगरौं, रुख बिरुवा नकाटौ भन्ने सन्देश दिनका लागि वालमा सन्देशमूलक आकृतीका चित्र कोरिएको क्लबका अध्यक्ष प्रदीप पाण्डेले बताए।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ८ का पुर्व वडा अध्यक्ष डण्डापानी भट्टराई, लियो क्लब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष देपेश मल्ल, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष कमल पौडेल, रिजन कोडिनेटर राहुलदेव सापकोटा लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।
कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष प्रदिप पाण्डेको अध्यक्षता, प्रथम उपाध्यक्ष अभिषेक पौडेलको स्वागत र सचिव रुबिन विक को संचालनमा सम्पन्न भएको थियो।