भैरहवा ।
रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ३ लाख ३२ हजार बराबरको बिभिन्न किसिमका मोबाईल बरामद गरेको छ। गत मंगलबार ११ः५५ बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ स्थितबाट सोही ठाउ बस्ने बर्ष ४० का बिशाल जैसवालले आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका स्क्रिनटच मोबाईल ३६ थान, विभिन्न कम्पनीको सादा मोबाईल १० थान पिस र पावर वैँक ६ थान करिब ३ लाख ३२ हजार रुपैया बरावरको मोवाईलहरु वरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ।