spot_img
spot_img
spot_img

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

spot_img

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। आज एक पत्रकार सम्मेलन आयोजनामा गरी उनले सन्न्यास घोषणा गरेका हुन्।

ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए। आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ।

यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए। उनले २०२३ मा जिम्बावेमा रहेको हरारे मैदानमा आईसीसी विश्व कप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

मल्लले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८ सय ७६ रन बनाएका छन् । यस्तै, ४५ टी–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img