spot_img
spot_img
spot_img

चिनियाँ अर्बपति ज्याक मा माछापालन र कृषि उद्यममा

spot_img

एजेन्सी ।

चिनियाँ अर्बपति ज्याक मा माछापालन र कृषि उद्यममा लाग्नुभएको छ । विश्वकै ठूला ई–कमर्स मध्येको एक अलिबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लाग्नुभएको हो । चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झोउमा “१‍‍.८ मिटर मरिन टेक्नोलोजी” नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । गएको जुलाई २० तारिखमा दर्ता भएको स्टार्टअपको चुक्ता पुँजी एक करोड ५० लाख अमेरिकी डलर छ ।

ज्याक माले लगानी गरेको एग्रो–टेक स्टार्टअपले मत्स्यपालन, जलाचरसम्बन्धी उत्पादन, आहार र प्रशोधनलगायत क्षेत्रमा काम गर्छ । यो व्यवसायमा हङकङमा रहेको १ दशमलव ८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ। यसको दोस्रो ठूलो १० प्रतिशत हिस्सा आट्र्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ । यही वर्षको मे महिनादेखि टोकियो विश्वविद्यालयमा अध्यापन सुरु गरेका माले त्यहाँ दिगो कृषि र खाद्य उत्पादनबारे अनुसन्धानसमेत गर्ने विश्वविद्यालयले जनाएको छ। ज्याक मा गएको असार दोस्रो हप्ता नेपाल, पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूको भ्रमणमा निस्किनुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img