कञ्चन ।
अखिल नेपाल महिला संघ रुपन्देहीको प्रथम कञ्चन गाउँ भेला सम्पन्न भएको छ। भेलाले भेलाले दिलमाया फौजाको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति चयन गरेको छ। भेलाबाट उपाध्यक्षमा शान्ति सुनार, सचिवमा विद्या दर्लामी, कोषाध्यक्षमा किरण सुवेदी र सहसचिवमा शुष्मा पछाईलाई निर्वाचित गरेको छ। यस्तै सदस्यहरु जमुना पौडेल, विस्नु क्षेत्री, शिला सापकोटा, जमुना ढकाल, झिमा पौडेल र एक स्थान रिक्त रहेको सचिव बिद्या दर्लामीले जानकारी दिनुभयो। जमुना पौडेलको अध्यक्षता तथा संघकी केन्द्रीय उपाध्यक्ष पार्वती पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले, सुनिता सर्मा, पुर्णा थापा, टिका थापा, देवी शर्मा र सिता आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
लक्ष्मी न्यौपानेको संचालनमा सम्पन्न भेलामा नेकपा मशालका प्रतिनिधि मनिराम सापकोटा, अखिल छैटौंका संयोजक दिपक पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका प्रतिनिधि भिमवहादुर सिंजापती, बुद्धिजीवी कपिल पौडेल लगायतले भेला सफलताको शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
अखिल नेपाल महिला संघ रुपन्देहीको प्रथम कञ्चन गाउँ भेला
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??