कञ्चन ।
रुपन्देहीको कञ्चन गायपालिकामा रहेको रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह, कञ्चन ४, रुपन्देहीले शनिवार आफ्नो वन क्षेत्रमा ५ हजार बृक्षरोपण गरेको छ। समूहको बन क्षेत्र अन्तर्गत पश्चिम देउराली ब्लको तिनकुने क्षेत्रमा टीक प्रजातीका ५ हजार बिरुवाहरुको बृक्षारोपण गरिएको समूहका कार्यालय सचिव तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो। समूहका पदाधिकारी, कर्मचारी, स्थानीय जनप्रतिनीधि तथा ईलाका प्रहरी कार्यालय रुद्रपुरका सुरक्षाकर्मी लगायतको सहभागितामा बिरुवाको रोपण गरिएको थियो। करिब ७ हेक्टर वन क्षेत्र भएको उक्त ब्लकमा साल, जमुना, साज, कुसुम लगायत प्रजातीका रुख रहेका छन। समूहका अध्यक्ष हिमाल थापाको अध्यक्षता, गाउपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा संचालन गरिएको बृक्षारोपण कार्यक्रमको कार्यलय सचिव तुलसी प्रसाद अधिकारीले सहजिकरण गर्नुभएको थियो।




