spot_img
spot_img
spot_img

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास

spot_img

सुरज भट्टराई, रुपन्देही ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ विशालनगरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास गरिएको छ। रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले एक कार्यक्रमका बीच बौद्ध विश्वविद्यालयको विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायको शैक्षिक एवं प्रशासनिक भवनको शिलन्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै विश्वकर्माले जनताको अपनत्व र स्वामित्व रहनेगरी कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाले विश्वविद्यालयको मर्म अनुरुप काम गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधीसभा सदस्य विश्वकर्माले भौतिक निर्माणसँगै समयअनुकुल शिक्षा प्रवाहका लागि सिंगो विश्वविद्यालय परिवार दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभयो। उहाले आजबाट विश्वविद्यालयको भवन निर्माणको काम सुरु भएको भन्दै तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै पुर्व उपकुलपति डा।नरेशमान बज्राचार्यले देवदहमा बिश्वविद्यालय आईसकेपछि शिक्षाको पहिचानबाट छुट्टै देवदहको पहिचान बन्ने गरी अन्यत्र पढाई नहुने विषय यहाँ पढाउनु पर्ने बताउनुभयो। यो कार्यमा स्थानीय बासिन्दाले सहयोग सहकार्यले देवदहको विकास अब कहि कसैले रोक्न नसक्ने बताउनुभयो। कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले यहा विश्वविद्यालय बने संगै समृद्ध देवदह सुखी देवदहवासी” बनाउने योजनामा मद्दत मिल्ने बताउनुभयो। उहाले देवदह नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी अघि बढेको र यसले थप टेवा पुग्ने बताउनुभयो। साथै उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा काम गर्नको लागि सम्पुर्ण सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो। कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले यो महत्त्वपूर्ण योजना देवदहमा बने संगै सामाजिक तथा आर्थिक रुपले सबल हुने बताउनुभयो। यसले लुम्बिनीसंग देवदहको विकासमा टेवा पुग्ने बताउनुभयो। सोहि अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेले गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने बताउनुभयो।

सो कार्यक्रममा भन्ते धम्य पिया, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु सोहन, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको नगर उप प्रमुख जागेश्वरी चौधरी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्दिचरण भट्टराई, देवदह नगरपालिकाको नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल लगाएतको आतिथ्यता रहेको थियो। कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तिलकराम आचार्यको अध्यक्षता र डिन उकेश राज भुजुको संचालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img