spot_img
spot_img
spot_img

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै

spot_img

काठमाण्डौ ।

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिदै गएको छ । हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिने भएपनि यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको चिकित्सकहरुले बताएका छन । चिकित्सकका अनुसार आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षणहरु देखिन्छ। तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने उल्लख गर्नुभएको छ । रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । रुपन्देही, तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् ।

अहिले आँखामा देखिएको यो सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ । डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न डाक्टरको आग्रह छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img