spot_img
spot_img
spot_img

देवदहको खड्ग मा.विमा विज्ञान प्रयोगशाला, सौर्य उर्जा र पुस्तकालय उद्घाटन

spot_img

देवदह । 

रुपन्देहीको देवदह – १ मा अवस्थित श्री खड्ग मा.विमा पुस्तकालय स्थापना,बिज्ञान प्रयोगशाला निर्माण र वैकल्पिक सौर्य उर्जा प्रणालीको जडान कार्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा सामाजिक बिकास निर्देशनालय,दाङ, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र देवदह नगरपालिकाको सहयोगमा विद्यालयलाई बिज्ञान प्रयोगशाला, वैकल्पिक सौर्य उर्जा र पुस्तकालय स्थापना सहयोग प्राप्त भएको हो।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् रूपन्देही जिल्ला क्षेत्र नं १ का संघीय सांसद छविलाल विश्वकर्माले पुस्तकालय स्थापना, बिज्ञान प्रयोगशाला निर्माण र वैकल्पिक सौर्य उर्जा प्रणालीको जडान कार्य उद्घाटन गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यार्थीको शिक्षा आर्जनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको सदुपयोग गर्न आग्रह गर्नुभएको छ।

उहाले पछिल्लो अवस्थामा आफ्ना सम्पुर्ण पक्षहरुमा विद्यालयले गर्दै गइरहेको प्रगती र नँया अभ्यासहरुलाई आफुले नजिकबाट नियालिरहेको र विद्यालयको श्रीवृद्धिमा आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयको थियो।पुर्वाधार निर्माण सङ्गै गुणस्तर सुधारलाई मुख्य ध्येय बनाइ शैक्षिक सत्र २०८०,२०८१ र २०८२ लाई सिकाइ उपलब्धी सुधार बर्षको रुपमा घोषणा गरि सो उधेश्य प्राप्तिमा महत्त्वपूर्ण टेवा पुर्याउने अवयवहरु मध्यका तीन अवयवहरु विद्यालयमा पुस्तकालय स्थापना, बिज्ञान प्रयोगशाला निर्माण र वैकल्पिक सौर्य उर्जा प्रणालीको जडान कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले बताउनुभयो।कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिपक प्रसाद नेपाल र विद्यालयका संथापक स्व।खड्ग ब।गुरुङ्ग सुपुत्र सुरेन्द्र ब। गुरुङ्गको आथित्यता रहेको थियो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता र शिक्षक पदम जि।को संचालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img