ललिता घिमिरे, देवदह।
खड्ग माध्यमिक विद्यालयमा “बिद्यालयमा उधमशिलता” कार्यक्रम सम्पन्न भएको छ । स्कुल लाइफ इन नेपाल र ऋक्ष्क्ग् ९सिसु० को सहयोग,समृद्ध समुदाय बिकास केन्द्र,रुपन्देहीको समन्वय र खड्ग मा। वि। को आयोजनामा शनिबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो। दुई सत्रमा बिभाजित उक्त कार्यक्रम मध्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल अग्रहरिेको अध्यक्षता र देवदह नगरपालिकाको नगरप्रमुख ध्रुवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सप्पन्न प्रथम सत्रको कार्यक्रममा देवदह नगरपालिकाका जनप्रतिनिधि, रोजगार संयोजक, बि। ब्य। स र शिक्षक अभिभावक संघका पदाधिकारी सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यार्थीका अभिभावकहरु सहित करिव २ सय जनाको सहभागीता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खरेलले “समृद्ध देवदह सुखी देवदहवासी” संकल्पलाइ सार्थक तुल्याउन देवदह नगरपालिकाले दीर्घकालीन शिक्षा सुधारका रणनीतिहरु सहित चुनौतीपूर्ण कदमहरु चालेको र विद्यालयमा संचालित यस्ता सिपमुलक सृजनसिल कार्यक्रमहरुले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ आयआर्जनमा जोडि आत्मनिर्भर बनाइ आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो। उहाले यस्ता कार्यक्रम संचालनमा देवदह नगरपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।