spot_img
spot_img
spot_img

निजी तथा संस्थागत विद्यालयहरु आन्दोलनमा, सुनुवाई नभए अनिश्चित विद्यालय बन्द गर्ने चेतावनी

spot_img

कञ्चन ।

देशभरका निजी तथा संस्थागत बिद्यालयहरु आन्दोलित भएका छन। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’’ सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी तयार गरिएको बारे गम्भिर ध्यानाकर्षण भएको भन्दै देशभरका संस्थागत बिद्यालयहरु मंगलवार देखि आन्दोलनमा उत्रिएका हुन।   मन्त्रालयले तत्कालिन सचिव श्री रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित, विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको ‘‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’’मा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको आज देशका ७५३ वटा स्थानीयहरुमा संस्थागत बिद्यालय सम्बद्ध प्याब्सन, एन प्याव्सन र हिसानले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने जनाएको हो ।

हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु पर्ने विधेयकमा मस्यौदा भई संसदमा प्रस्तुत हुदै छ।  संविधानको भावना विपरित, अव्यवहारिक र दुराशययुक्त विधेयक प्रति असन्तुष्ट जनाउदै संस्थागत विद्यालयका छाता संगठनहरुले निजी लगानीका विद्यालयको छाता सङ्गठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरूमा समेत वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको हुँदा यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बद्र्धन, असंभव मात्र नभई ती विद्यालयहरू बन्द हुने दावी गरेका छन।

उक्त विधेयक संसद्मा पेस हुनु अगावै संस्थागत बिद्यालयहरुका सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरू बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत संस्थागत बिद्यालयहरुले दिएका छन। यसैगरी विभिन्न आन्दोलनहरुबाट समेत कुनै ठोस निकास प्राप्त नभएमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात कञ्चन गाउँपालिका अन्तर्गतका विद्यालयहरू केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने कुराको ध्यानाकर्षण गराउदै पालिकाहरुमा ज्ञापनपत्र दिने तयारी गरेको प्याब्सन, कञ्चन रुपन्देहीका सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img