spot_img
spot_img
spot_img

देवदहमा डेङ्गु र आँखा पाक्ने रोग सम्बन्धि सचेतना कार्यक्रम

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा डेङ्गु र आँखा पाक्ने रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको संयुक्त आयोजना र केरवानी स्वास्थ्य चौकीको सहयोगमा एशियन लाईट ई.बो स्कुलको सभाहलमा उक्त कार्यक्रम भएको हो।कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालले डेङ्गु र आँखा पाक्ने रोग सम्बन्धि सचेतनाले विद्यार्थी बिचमा सचेतना पुर्याउनको लागि सहयोग पुग्ने बताउनुभयो। साथै विद्यार्थीहरुको लागि स्वास्थ्य सम्बन्धि कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाइ धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका संस्थापक अध्यक्ष लायन देपेश मल्ल, समाजसेवी बोधराज गौडेल लगाएतले आ(आफ्नो भनाई राखेका थिए।

कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले डेङ्गु तथा आँखा पाक्ने रोगको लक्षण, लाग्ने तरिका नियन्त्रणका उपायका विषयमा सहजीकरण गर्नु भएको थियो। कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष कमल पौडेलको अध्यक्षता, लियो नेत्र भन्डारीले धन्यवाद र क्लबका तेश्रो उपाध्यक्ष लायन नविन थापाको संचालनमा भएको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img