कपिलवस्तु ।
कपिलवस्तुमा एकै घरका दाजुभाईको पोखरीमा डुबेर ज्यान गएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–५ बगही गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??