spot_img
spot_img
spot_img

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

spot_img

एजेन्सी । 

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ । गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन । त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img