कञ्चन ।
नेपाली कांग्रेस, कञ्चन गाउ समितिको प्रथम गाउ सम्मेलन सम्पन्न भएको छ। पार्टी सुदृढिकरणका लागि बिशेष आन्तरिक अभियान कार्यक्रमका अन्तर्गत उक्त सम्मेलन भएको हो। सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला समिति सदस्य तथा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले नेपाली कांग्रेस प्रतिको जनताको सदभाव र आकर्षणलाई जिवित राख्न गाउँ गाउँमा सरकारले गरेका सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भयो। कञ्चन गाउपालिकाका सबै जनप्रतिनी र कर्मचारीहरु कञ्चनवासीलाई लालपुर्जा दिने कार्यका लागि निरन्तर खटिरहेको र कञ्चनवासीले लालपुर्जा पाउने कुरामा ढुक्क हुन गाउ गाउमा सन्देश लैजान समेत अध्यक्ष ढकालले बताउनुभयो।
कार्यक्रममा जिल्ला सदस्य जिवकान्त काफ्ले, महाधिबेशन प्तिनीधि भुवन कुमार गौतम, चाम बहादुर थापा, टेक बहादुर गुश्रङ्ग,जिल्ला सदस्यहरु डोल बहादुर थापा, अमृत ढकाल, मामकला गलामी, क्षेत्रिय सहसचिव चिरञ्जिवी खनाल, प्रदेश ९क० उपसभापति नारायण पन्त, सचिव चित्र तुलाचन, सदस्यहरु सुस्मा थापा, देविलाल पौडेल, अशोक कलवार, तरुण दलका केन्द्रिय सदस्य दुर्गा सिंह क्षेत्री लगायतको उपस्थिती रहेको थियो। नेपाली कांग्रेस कञ्चन गाउ समितिका सभापति देविराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम दियो सभाहलमा भएको थियो।