काठमाण्डौ ।
केही दिनदेखी देशभर निरन्तर झरी परिरहेको छ । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज र भोलि पनि धेरैजसो ठाउँमा लगातार पानी पर्ने मौसमविद्को भनाई छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??