spot_img
spot_img
spot_img

पोल्याण्डमा विश्व युद्धको क्रममा छाडिएको बम भेटियो

spot_img

एजेन्सी ।

पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो । बम फेला परेको क्षेत्र आसपासका करीब १४ हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा पठाएपछि बम डिस्पोज गरिएको छ । बम डिस्पोज गर्नुअघि आसपासका घरहरुमा सबै विद्युतीय सामग्री समेत बन्द गर्न लगाइएको थियो । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा पाँच सय किलोको दोस्रो विश्वयुद्धकालिन बम फेला परेको थियो । उता, जर्मनीको डसलडर्फमा पनि गत महिना ५ सय किलोकै विश्वयुद्धको बम फेला परेको थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img