spot_img
spot_img
spot_img

डेङ्गु रोग तथा आँखा पाक्ने रोग सम्बन्धी सचेतना तथा अभिभुखीकरण कार्यक्रम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिपालिका वडा नं ७ मा डेङ्गु रोग तथा आँखा पाक्ने रोग सम्बन्धी सरोकारवालाहरुसंग वडा स्तरीय सचेतना तथा अभिभुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आधारभुत स्वास्थ्य सेवा केन्द्र शित्तनगरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा आँखा पाक्ने रोग र डेङ्गु रोग लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिका स्वास्थ्य शाखाका प्रमुख काशीनाथ बञ्जाडेले आँखा पाक्ने रोग र डेंगु रोग बाट देवदह पनि अछुतो रहन नसकेको बताउनुभयो। उहाले यसको रोकथाम गर्नका लागि स्वयम आफुनै सझक हुनुपर्ने बताउनुभयो। उहाले टोल विकास संस्थाहरु, आमा समुहहरुले खोज र नष्ट गर अभियानलाई प्रभावकारी ढङ्गले अगाडि सार्न आग्रह समेत गर्नुभयो।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र शित्तलनगरको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीले विभिन्न संघ संस्थाका प्रतिनिधि सहित आयोजना गरिएको अभिभुखिकरण कार्यक्रमले आँखा पाक्ने रोग र डेङ्गु रोग सम्बन्धी सचेतना जनताको बिचमा पुर्याउनका लागि सहयोग पुग्ने बताउनुभयो। डेङ्गुबाट बच्नका लागी सबै नागरिक खोज र नष्ट गर अभियानमा लाग्नुपर्ने उँहाको भनाई थियो।

सोहि अवसरमा बोल्दै नेपाल रेड क्रस देवदह उपशाखाको सभापति कृष्ण न्यौपानेले रेडक्रस देवदह उपशाखाले स्वास्थ्य शाखा सित समन्वय गर्दै कार्यक्रम गर्दै आइरहेको र विशेष गरेर विद्यालय स्तरमा कार्यक्रम गर्दै आईरहेको बताउनुभयो।
कार्यक्रममा आधारभुत स्वास्थ्य शाखा शित्तनगरका प्रमुख हेमलाल कुवरले डेङ्गु तथा आँखा पाक्ने रोगको लक्षण, लाग्ने तरिका नियन्त्रणका उपायका विषयमा सहजीकरण गर्नु भएको थियो।

वडा अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, संघसस्थाका पदाधिकारी, स्वास्थ्य कार्यालयका प्रतिनिधि, महिला स्वयंसेविका, विभिन्न महिला तथा आमा समूह लगाएतको उपस्तिथिमा आँखा पाक्ने रोग र डेङगु रोग कसरी सर्छ र यस्को रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img