spot_img
spot_img
spot_img

कञ्चनले ढिला गर्ने निर्माण ब्यवसायीबाट १ लाख ११ हजार रुपैयासम्म जरिवाना असुल गर्ने

spot_img

कञ्चन  ।

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण निर्माण ब्यबसायीलाई हदैसम्मको जरिवाना गरेको छ। निर्माण ब्यबसायीहरुले निर्माण कार्यलाई निरन्तरता दिनु भन्दा आलटाल गरेर अनेक बहानावाजी गर्दै समयमै योजना सम्पन्न नगर्ने ८ निर्माण ब्यबसायी जरिवानामा परेका हुन। योजना सम्झौता पछि सम्झौता गर्ने समयमा कबोल गरेको समयमा निर्माण कार्य सम्पन्न नगर्ने र निर्माण कार्यलाई अनेक बहाना गरेर ढिला सुस्ती गर्ने निर्माण व्यवसायीमाथि निर्मम ढङ्गले प्रस्तुत भएपछि निर्माण ब्यबसायीहरु समेत सतर्क बनेका छन।  समयमै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण ब्यबसायीहरु समृद्धि कन्स्ट्रक्सन, खेम कन्स्ट्रक्सन, पर्रोहा विल्डर्स, ओमनाथ कन्स्ट्रक्सन, कपिलबस्तु खान कन्स्ट्रक्सन, ज्ञानेश्वरी निर्माण सेवा, इन्जेनियम इन्फास्ट्रक्सन प्रा.लि, लक्की डिजाइनर एण्ड विल्डर्स र युनिक कन्स्ट्रक्सन रहेका छन।

जरिवानामा परेका ती निर्माण ब्यबसायीहरुबाट कञ्चन गाउँपालिकाले ३ लाख ४६ हजार ९८३ रुपैया ६३  पैसा जरिवाना असुल गरेको कञ्चन गाउपालिकाका भौतिक पुर्वाधार तथा वातावरण शाखाका प्रमुख इन्जिनियर सुबोध ज्ञवालीले जानकारी दिनु भएको छ।  अन्य स्थानीय तहहरुमा निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्ने, निर्माण कार्यको समय धकेलेर योजनाको लागत बढाउने गरेको गुनासो आइरहेका बेला कञ्चन गाउापालिकाले समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीहरुलाई पहिलो पटक जरिवाना गरेको हो। सम्भवतः स्थानीय तहले निर्माण ब्यबसायीहलाई यसरी जरिवाना गरेको पहिलो तथ्यांक हुन सक्छ।

कञ्चन गाउपालिकाको गत आ.व.मा २० वटा योजनाहरु मध्ये १७ वटा योजना सम्पन्न भएका छन भने ३ वटा योजना अझै सम्पन्न हुन बाँकी रहेको छ। २० वटा योजनाको १० रोड ८९ लाख ६२ हजार ४९४ रुपैया ५६ पैसा लागत अनुमान गरिएकोमा बिधुतिय बोलपत्रबाट ८ करोड ३८ लाख ६७ हजार २९० रुपैया ६१ पैसा ठेक्का सदर भई योजना सम्झौता भएको थियो। त्यसरी ठेक्का मार्फत योजना संचालन गर्दा २ करोड ५० लाख ९५ हजार २०३ रुपैया ९५ पैसा घटेको थियो।
निर्माण कार्य ढिलो गर्ने निर्माण ब्यबसायी जरिवनामा पर्दै गर्दा कञ्चनमै २ निर्माण ब्यबसायीहरुले समयमै काम सम्पन्न समेत गरेका छन। समयमै निर्माण कार्य समपन्न गर्ने बाणगंगा निर्माण सेवा- पिपरीचापा देखि खानेपानी टंकी सम्म सडम कालोपत्रे योजना) र थ्री स्टार निर्माण सेवा (मुर्दैयाचोक देखि चौधरी घोला जाने सडक कालोपत्रे गर्ने योजना) रहेका छन। बाणगंगा निर्माण सेवाले समयावधिको १ महिना अगाडी काम सम्पन्न गरेको थियो भने थ्री स्टार निर्माण सेवाले १६ दिन अगाडी काम सम्पन्न गरेको कञ्चन गाउपालिकाका भौतिक पुर्वाधार तथा वातावरण शाखाका प्रमुख इन्जिनियर सुबोध ज्ञवालीले जानकारी दिनुभएको छ।

ढिला काम सम्पन्न गर्ने जसरी जरिवाना गरियो तयसरी नै छिटो काम सम्पन्न गर्ने निर्माण ब्यबसायीहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने योजना छ कि छैन भन्ने भन्ने प्रश्नमा कञ्चन गाउपालिकाका भौतिक पुर्वाधार तथा वातावरण शाखाका प्रमुख इन्जिनियर  ज्ञवालीले गाउपालिकाको नीतिगत योजना नभएको तर चालु आ.व. देखि छिटो काम सम्पन्न गर्ने निर्माण ब्यबसायीहरुलाई प्रोत्साहन तथा सम्मान योजना राखिने योजना तय हुदैछ।  कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाले संचालन गर्ने हरेक योजना तथा कार्यहरु गुणात्मक र परिणाममुखी हुनुको साथै कञ्चनवासीले वास्तविक रुपमा बिकासको अनुभुति गर्न पाउने गरी योजनाहरु संचालन गर्दै आइरहेको बताउनुभयो। अध्यक्ष ढकालले कञ्चनमा कार्यरत सबै कर्मचारीहरुले कञ्चनमा संचालन भएका कार्यहरुलाई आर्थिक अनुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको बाटोलाई अवलम्बन गरी अन्य कार्यालयहरुमा सरुवा भई जानु परेको अवस्थामा यहाँको सकारात्मक अनुभव लिएर जानेगरी कार्य गर्नु पर्नेमा जोड दिनुभएको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिविरुद्ध पालिका निर्मम ढङ्गले प्रस्तुत भई जरिवाना असुल गर्न समेत पछि नपर्ने बताउनु भएको छ। ९ वटा निर्माण ब्यबसायीलाई ८ हजार देखि १ लाख ११ हजार ९ सय ६६ रुपैया सम्म जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिनुभयो।
हर्नाचौर देखि मंगोलियन चोक सडक कालोपत्रे (समृद्धि यश्हधी कन्स्ट्रक्सन प्रा.लि.), गाउपालिकाको मुख्य प्रवेशद्वार निर्माण योजना (इन्जेनियम इन्फास्ट्रक्चर प्रा.ली) र जेष्ठ नागरिक मिलन केन्द्र(इन्जेनियम इन्फास्ट्रक्चर प्रा.ली) गरी वटा योजना निर्माण कार्य सम्पन्न हुन बांकी रहेको इृन्जिनिय ज्ञवालीले जानकारी दिनु भएको छ।
 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img