spot_img
spot_img
spot_img

बुटवलमा संयुक्त मोर्चाको बिरोध कार्यक्रम

spot_img

बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी मशाल, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा आइतवार बुटवलमा एम.सि.सि बिरुद्धको विरोध कार्यक्रम भएको छ। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सचिव प्रेम सुवेदीले एम।सि।सि साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्राइएको र यसले नेपलको स्वाधीनतामा प्रहार गरेको कुरा औलाउदै सम्पुर्ण देशभक्त नेपाली एकजुट भएर खारेज गर्नुपर्ने बताएका छन। नेपाल कम्युनिस्ट पार्टी (मशाल) का प्रतिनिधि दिपक पौडेलले एम।सि।सि कुनै अनुदान नभई लगानी भएको र चीन विरुद्ध गतिविधि बढाउने अमेरिकी षडयन्त्र भएको बताएका छन।

नेता पौडेलले एम।सि।सि शैन्य रणनीतिको एक अंग भएका बताउदै यो असंलग्न परराष्ट्र निति विपरीत छ, त्यसकारण एम।सि।सिको कार्यान्वयन होइन खारेज गर्नुपर्नेमा जोड दिएका छन। नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले एम।सि।सि संझौताका राष्ट्रघाती प्रावधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दा माथि एम।सि।सि संझौता रहेको हुनाले त्यसलाई कुनैपनि हालतमा स्विकार्न नसकिने भन्दै यसको खारेजीमा जोड दिएका छन । कार्यक्रम बुटवल ब्लड बैंकबाट नारा जुलुस सहीत नयाँ बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img