spot_img
spot_img
spot_img

कञ्चनमा लागुऔषध दुर्ब्यसनी विरुद्ध समन्वय समिति गठन

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाउापालिकामा लागुऔषध दुर्ब्यसनी बिरुद्ध कञ्चनमा कृयाशिल संघसंस्था र टोल बिकास संस्थाहरु समन्वयमा कञ्चन रुपाख्न्तरण समन्वय समिति गठन गरिएको छ। नेपालमा किशोर किशोरी सशक्तीकरणका लागि संवाद परियोजना अन्तर्गत सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशन नेपालको सहयोग तथा कञ्चन साथी सञ्जालको आयोजना भएको संयुक्त बैठकले कञ्चनमा हुने लागुऔषध दुर्ब्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन तथा अभियान संचालनका लागि पालिका स्तरिय समन्वय समिति गठन गरेको हो। कञ्चन गाउँपालिकाको सभाहलमा भएको बैठकले साबित्रा खनालको अध्यक्षतामा ११ सदस्यिय कञ्चन रुपान्तरण समन्वय समिति गठन गरेको हो। जसको सह संयोजकका अल्फा फाउण्डेसनका दीपक भण्डारी र सचिवमा कञ्चन साथी सञ्जालका समिक्षा सुनार चयन हुनुभएको छ।
यसैगरी सदस्यहरुमा दिलमाया बि.क, रविलाल अधिकारी, गोपाल थापा क्षेत्री, हेमलाल उपाध्याय, संकल्प समूहका योगेश ठकुरी चयन हुनु भएको छ। उक्त समन्वय समितिको संरक्षकमा भने कञ्चन गाउपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराई रहनु भएको छ।

बैठकलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले किशोर किशोरीमा देखिएको बढ्दो लागुऔषध दुर्ब्यसनीलाई न्युनिकरणका लागि सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेसन नेपालको भुमिका निकै महत्वपुर्ण भुमिका रहेको बताउनु भयो। किशोर किशोरीहरुहको सशक्तीकरणका लागि कञ्चन साथी सञ्जालद्वारा संचालन गरिएको सम्वाद परियोजना निकै प्रभावकारी बन्दै गएको र लागुऔषध दुर्ब्यसनी न्युनिकरणका गाउँपालिकाले आवस्यक सहयोग र समन्वय गरिरहेको बताउनुभयो। यसैगरी कञ्चन गाउपालिकाका प्रवक्ता तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले बिधार्थीहरुलाई ब्यबहारिक र ब्यबसायिक बनाउन बिद्यालयमा पढ्दै कार्यक्रम लागु गरिएको बताउनु भयो। कञ्चन गाउपालिकाले बिशेषगरी अब्यबस्थित बसेबासीहरुका लागि लालपुर्जा, शिक्षा र स्वास्थ्यमा जोड दिइरहेको बताउदै प्रवक्ता तुलाचनले किशोर अवस्थामा जिवनोपयोगी शिक्षा मार्फत दुरब्यसनीबाट बचाउन सके लागुऔषध पर्नेमा जोड दिनुभयो। कञ्चन साथी सञ्जालका समिक्षा रानाको अध्यक्षतामा भएको कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका प्रदिप केवटले किशोर किशोरी सशक्तीकरणका लागि स्ट्रोम फाउण्डेसन र सुनगाभा सामुदनयिक बिकास केन्द्रको सहयोग सञ्चालन भएका जनचेतनामुलक तथा सृजनात्मक कार्यक्रम र त्यसले समुदायमा पारेको सकरात्मक प्रभावका बारेमा जानकारी दिनुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img