spot_img
spot_img
spot_img

उपशाखा स्तरिय वक्तृत्वकला छनौट प्रतियोगिता सम्पन्न

spot_img

कञ्चन ।

नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको आयोजनामा उपशाखा स्तरिय वक्तृत्वकला छनौट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस सर्कल रुद्रपुर मा.विका बिधार्थी निर्देशिका अधिकारी प्रथम भएका छन। यस्तै हरैया मावीका अर्जुन गैरे द्वितिय र बुद्धदीप बोर्डिङ्ग स्कुलका प्रविण अधिकारी तृतिय भएको छन। कञ्चनमा रहेका १६ जुनियर रेडक्रस सर्कल मध्ये ९ वटा सर्कल विद्यालयका विधार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा सरस्वती मा।वि।का आराध्या अधिकारी र रुद्रपुर पिसल्याण्ड भुपु सनिक स्कुलका दिपेश विष्टले सान्त्वना स्थान प्राप्त गरेको थिए। विजेता तथा उपविजेता बिधार्थीहरुलाई पुरस्कार तथा सम्मान गर्दै कञ्चन ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले रेडक्रस विश्वब्यापकता सहित तटस्थ रहेर मानव सेवामा लाग्ने  एक अन्तराष्ट्रिय गैरसरकारी संस्था भएको स्मरण गर्नुभयो।

जहाँ विपद त्यहा रेडक्रस भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले उपशाखा स्थापना भएदेखिनै कञ्चनमा मानव सेवामा लाग्दै बिभिन्न कृयाकलाप संचालन गर्दै आइरहेको आगामी बर्षमा सकेसम्म पालिका स्तरबाट, यदि पालिकास्तरबाट भएन भने वडाबाट भएपनि नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखालाई बिभिन्न कार्यक्रमहरु संचालन गर्न केही बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

यही भदौ २० गते नेपाल रेडक्रसको स्थापनाको अवसरमा भदौ १९ गते संचालन हुने जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताका लागि संचालन गरिएको छनौट प्रतियोगितामा भैसाही मा।वि।का अनुस्का सुन्दास, हिमालय आधारभुत बिद्यालयका सुसान्त पौडेल, प्रगती मावीका गंगा परियार र मलावरदेवी मा।विका एलिना पुरीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा हिमा बेलवासे (नेरेसो जिल्ला सदस्य  तथा कञ्चन उपशाखाका उपसभापति), नेरेसो कञ्चन उपशाखाका सदस्य उमा गौतम ढकाल, हिमालय आ।वि।का शिक्षक पवित्रा शर्मा र भैसाही मावीका रुपा थापाले निर्णयाकको भुमिका निर्वाह गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा सभापति गंगालाल पौडेलको अध्यक्षता तथा सचिव तुल बहादुर थापाको संचालनमा दियो सभाहलमा सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img