एजेन्सी ।
फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ । इङ्लिस रिभर फस्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिट्रेटिङ राडार जिपीआरको खोज २ वर्षअघि सुरु भएको बताएको थियो । ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??