कञ्चन ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीलाई कञ्चनका जनप्रतिनीधि, राजनैतिक दलका प्रतिनीधि,बुद्धीजिवी, बिभिन्न संघ संस्थाका प्रतिनीधि लगायत अगुवा नागरिकहरुले स्वागत गरेका छन । ईलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यालय प्रमुख भई आउनुभएका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीलाई स्वगत गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउपालिकाको शुसासन तथा शान्ती ब्यबस्था कायम राख्न कुनै कसर नराख्न आग्रह गर्नु भयो। कञ्चनका नागरिक अगुवाहरुले उठाउनु भएको कञ्चनको यथार्थ समस्याहरुलाई गम्भिर रुपमा अध्ययन गरी ती समस्याहरुको सही ढंगाले समाधान गर्न कार्यालयमा भएको श्रोत साधनहरुको अधिक्तम उपयोग गरी प्रहरी प्रशासनले स्थानीय तह र स्थानीय नागरिकहरुसंगको आपसी सहकार्य र समन्वयगरी अगाडी बढ्ने छ भन्नेमा पुर्ण बिस्वस्त हुदै अध्यक्ष ढकालले उपलब्ध श्रोत साधनहरुको मर्मत सम्भार गर्न अत्यावस्यक श्रोतहरुको ब्यबस्थापनका लागि आवस्यक पहल तथा समन्वय गर्न पालिका तयार रहेको बताउनुभयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउपालिकामा हुने अबैध कृयाकलापहरुको नियन्त्रणका लागि प्रहरी प्रशासनको भुमिका अझ महत्वपुर्ण रहने बताउनु भयो। बिशेषगरी गाउपालिकाले नीतिगत रुपमा निर्णय गरेका अति सम्बेदनशिल बिषयहरु जस्तै बिद्यालय क्षेत्र वरीपरी बिभिन्न पसलहरुबाट बिक्री वितरण हुदै आइरहेको सुर्तिजन्य पदार्थ, मदिरा तथा गुट्काहरुको अनुगमनगरी आवस्यक कार्वाही गर्नमा सहयोग गर्नु अतिनै जरुरी रहेको उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भयो। उपाध्यक्ष थापा मगरले प्राकृतिक श्रोतहरुको अनधिकृत रुपमा भइरहेको उत्खनन गर्ने कार्यलाई रोक्नका लागि निर्मम रुपमा अगाडी बढ्नु पर्नेमा बिशेष जोड दिनुभयो।
नवआगन्तुक प्रहरी निरीक्षक शाहीलाई स्वागत गर्दै वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारु, वडा नं। ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नं। ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल लगायत अन्य जनप्रतिनीधि, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, बिभिन्न संघ संस्थाका प्रतिनीधि र स्थानीय संचारकर्मीहरुले कञ्चनमा ब्याप्त लागु औषध दुर्ब्यसनी, काठ चोरी निकासी, घरमा हुने चोरी, पशु चौपायाको चोरी, अवाञ्छित कृयाकलापहरुको नियन्त्रण जस्ता कार्यहरुलाई सकेसम्म पुर्णरुपमा निस्तेज तथा नियन्त्रणका लागि प्रहरी प्रशासनको तर्फबाट हुने पहलहरुमा स्थानीयहरुको समेत आवस्यक सहयोग प्राप्त हुने प्रतिवद्धता जाहेर गरेका थिए। ईलाका प्रहरी कार्यालय रुद्रपुरमा भएको स्वागत कार्यक्रममा प्रहरी नायव निरीक्षक धर्मराज खड्काले सहजिकरण गर्नु भएको थियो।