spot_img
spot_img
spot_img

जब १ सय ६० केजीकी बिरामी महिला खाटबाट लडिन……..

spot_img

एजेन्सी ।

भारतकाे महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका छन् । महाराष्ट्र राज्यकाे ठाणेमा १ सय ६० केजी ताैल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागकाे सहयाेग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने काेसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई याे घटनाकाे जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।

यद्यपि यस घटनाकाे क्रममा महिलालाई कुनै चाेट नलागेकाे बताइएकाे छ । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेकाे छ– ‘हामीलाई विभिन्न प्रकारका फाेन आउने गरेकाे छ, तर याे घटना असामान्य थियाे ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img