spot_img
spot_img
spot_img

रुपन्देही प्रहरीद्धारा भन्सार छलीको अवैध सामान सहित पिकअप नियन्त्रणमा

spot_img

कञ्चन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ४ लाख ३० हजार मुल्य वरावरको चामल, चिनी वरामद गरेको छ। प्रहरीका अनुासर गत आइतवार जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं.५ बुची भन्ने स्थानबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी ल्याई सडक छेउमा थुपारी राखेको अवस्थामा ५५ वोरा चामल अन्दाजी ८२ हजार ५ सय मुल्य वरावरको चामल वेवारिसे अवस्थामा फेला पारी स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको हो।

यसैगरी गत मंगलवार  ओमसतिया गाउँपालिका वडा नं ५ पट्खौली स्थितमा जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं। १ बस्ने बर्ष ४५ को राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नं. को पिकअप गाडीमा अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी गरी ल्याउदै गरेको १९ बोरा चिनी र पिकअप गाडी सहित अन्दाजी ३ लाख ४७ हजार ५ सय रुपैया बारबारको चिनी स्थानिय मानिसहरुको रोहवरमा वरामद गरेको थियो। वरामद गरिएका चामल, चिनी र पिकअप गाडी सहित मानिसलाई आवस्यक कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img