spot_img
spot_img
spot_img

जी–२० शिखर सम्मेलन आज सकिँदै : संयुक्त वक्तव्यमा गर्व गर्नुपर्ने विषय केही नरहेको युक्रेनको प्रतिक्रिया

spot_img

एजेन्सी ।

भारतको नयाँ दिल्लीमा हिजोदेखि शुरु भएको जी–२० को दुई दिने शिखर सम्मेलन आज सकिँदैछ । यो सम्मेलनमा अमेरिका र रुसलाई मनाएर जी–२० घोषणापत्र जारी भएको छ । घोषणापत्र मुख्यतः बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ । तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ ।

युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेनविरुद्ध रूसको आक्रमणबारे जी–२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ । यो शिखर सम्मेलनमा युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउनमा नेताहरू सहमत भएका छन् । जलवायु परिवर्तनको सन्दर्भमा जी–२० ले न्यूनतम साझा बिन्दु खोज्ने प्रयास गरेको छ । तर युरोपेली देश र अमेरिकाले जी–२० लाई युद्धको निन्दा गर्न दबाब दिँदै आएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img