काठमाण्डौ ।
साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाका कारण आज पराजुलीको ५९ वर्षको उमेरमा निधन भएकोहो । गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’ लगायतका कृति प्रकाशित भएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??