काठमाडौं ।
एसीसी एसिया कप क्रिकेट २०२३ अन्तर्गत शुक्रबार राति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ। बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ।
बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो ।
भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासँग खेल्नेछ । बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको हो ।