काठमाण्डौ ।
नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । नेपालमा डलरको भाउ बढ्दा सरकारले तिर्ने ऋणको साँवा र ब्याज भुक्तानीसमेत बढ्ने गर्छ । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??