spot_img
spot_img
spot_img

भारतमा महिला आरक्षणसम्बन्धी विधेयक लोकसभाबाट पारित, कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने

spot_img

एजेन्सी ।

भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी (भाजपा) को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो । विधेयकको पक्षमा ४ सय ५४ मत र विपक्षमा २ मत मात्रै परेको बीबीसी हिन्दीले जनाएको छ । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्नेछ ।

महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुनेछ । लोकसभाको ५ सय ४३ सिटहरूमध्ये १ सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै, राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् । भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img