spot_img
spot_img
spot_img

भारत–क्यानडा विवाद उत्कर्षमा, भारतले भिसा सेन्टर नै बन्द गर्‍याे

spot_img

एजेन्सी ।

क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले सञ्चालनका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ । दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च कुटनीतिक कर्मचारीलाई देश निकाला गरिसकेका छन्। भारतले क्यानडामा भिसा सेवा बन्द गरेको विषय भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलसीको वेबसाइटबाट हटाइएको थियो तर यो जानकारी फेरि शेयर भएको छ । बीएलएस इन्टरनेशनलले क्यानडामा भारतीयहरूका लागि अनलाइन भिसा आवेदन केन्द्रहरू व्यवस्थापन गर्दछ । भारतीय मूलका एक सिख नेताको क्यानडामा गोली हानेर हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्रीले भारतीय खुफिया एजेन्सीले नै उनको हत्या गरेको आरोप लगाएपछि कुटनीतिक विवाद चलिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img