spot_img
spot_img
spot_img

महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा

spot_img

एजेन्सी ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको महिला क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीका खेल वर्षाले प्रभावित भएसँगै वरीयताअनुसार उनीहरू सेमिफाइनलमा प्रवेश गरेका हुन् । वर्षाले प्रभावित मलेसियाविरुद्धको क्वार्टरफाइनल खेलमा १५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । तर, मलेसियाले ब्याटिङ सुरु गर्ने बित्तिकै पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको थियो। पाकिस्तान र इन्डोनेसियाविरुद्धको खेलमा भने एक बल पनि फाल्न सकिएन । बंगलादेश र हङकबीचको विजेताले भारतसँग सेमिफाइनलमा भिड्नेछ । उता श्रीलङ्का र थाइल्याण्डबीचको विजेताले पाकिस्तानको सामना गर्नेछ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img