काठमाडौं । पछिल्ला दुई दिन ओरालो लागेको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको सुधार आएको छ गभर्नर र बोर्डका अध्यक्षबीचको छलफलले १२ करोडको सीमा हट्ने चर्चासँगै लगानीकर्ता उत्साहित भएको विश्लेषण गरिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर २ हजार २२ पुगेको छ ।
मंगलबार नेपाल स्टक एक्स्चेन्जमा २ सय ८६ कम्पनीको ८७ लाख कित्ता शेयर २ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार ४ हाइड्रोसहित आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??