काठमाडौं ।
आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध परेको जनाएको छ ।
सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता अनुसार सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ ।