spot_img
spot_img
spot_img

देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम सम्पन्न

spot_img

देवदह ।  रुपन्देहीको देवदहमा विश्व मुटुु दिवसको अवसरमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठान, जनजागरण युवा क्लब, लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको संयुक्त आयोजना र लियो कब अफ बुटवल मणिमुकुन्द युथको सहयोगमा महामाया भवानि मा.विमा विद्यार्थीको लागि मुटु रोग सम्बन्धि स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मुटुु रोगबाट बच्ने तथा उपचारका बारेमा मुटु रोग बिसेसज्ञ डा.अजय अधिकारी र डा.शान्ता शर्मा जानकारी दिएका थिए। कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षता तथा प्रथम डिस्ट्रीक गभर्नर एम जे एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा डिस्ट्रीक एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेल, एरिया ३ का चिफ बिनोद सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल जिसी, लायन्स क्लब अफ देवदहका अध्यक्ष मन बहादुर क्षेत्री, महामाया भवानी मा.वि का सहायक प्राचार्य चिरञ्जीवी रेग्मी, शिक्षक निलराज बस्याल, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर भट्टराई, उज्यालो लाल्टिनका पुर्व अध्यक्ष मुकेश ज्ञवाली, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सोहि अवसरमा उपस्थित विद्यार्थी तथा शिक्षकहरुको रक्तचाप, पल्स जाच तथा अक्सिजनको मात्रा परिक्षण गरिएको थियो। लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको अध्यक्ष काशिराम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम जनजागरण युवा क्लबका अध्यक्ष गोपाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img